सुनको मूल्य तोलामा चार हजारले घट्यो

आइतबार, २७ जेठ, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा सुनको मूल्य आज तोलामा चार हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा  एक लाख ४५ हजारमा कारोबार भएको थियो । 

यस्तै, तेजाबी सुन तोलामा  एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला  एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा  एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार आठ सय २५ रुपैयाँ निर्धारण भएको छ ।     
  
 

See More On

सुझावित समाचार