नेपाल गुणस्तर (एनएस) चिह्न दुई वर्षका लागि नवीकरण गर्न सकिने भएको छ । यसअघि एक वर्षका लागि मात्रै एनएस चिह्न नवीकरण गर्न सकिने व्यवस्था रहेको थियो ।
नेपाल गरणस्तर तथा नापतौल विभागले अब तोकिएको दस्तुर तिरेर दुई वर्ष म्याद रहने गरी इजाजतपत्र नवीकरण गर्न सकिने व्यवस्था गरेको हो । विभागको बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो ।
‘नेपाल गुणस्तर चिह्न प्रयोग गर्ने इजाजतपत्र प्रत्येक वर्षका लागि नवीकरण गरिँदै आएकोमा एक वर्षको नवीकरण दस्तुर बुझाएको हकमा एक वर्ष म्याद रहने र दुई वर्षको नवीकरण दस्तुर बुझाएको हकमा दुई वर्ष म्याद रहने गरी इजाजतपत्र नवीकरण गर्ने विभागीय निर्णय गरिएअनुसार सबैलाई जानकारी गराइन्छ,’ विभागको सूचनामा उल्लेख छ ।