३५ हजार घुससहित नापी सर्वेक्षक रंगेहात पक्राउ

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण

जग्गा कित्ताकाट गरिदिने भन्दै सेवाग्राहीबाट ३५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नापी सर्वेक्षक रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले शुक्रबार कपिलवस्तुको नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्तालाई रंगेहात पक्राउ गरेको हो।

घुस रकमसहित गुप्ताबाट स्रोत नखुलेको अरू ५० हजार रुपैयाँ पनि बरामद भएको छ। नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सुझावित समाचार