नबिल बैंकले पायो ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण

नबिल बैंक लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड जितेको छ। इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो। 

बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदानस्वरूप यो अवार्ड दिइएको हो। यो अवार्डअन्तर्गत १० विधामा दुई सयभन्दा बढी मनोनयन गरिएको थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो अवार्डले नबिलले लिएको डिजिटल रणनीतिले अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको बताए। 

सुझावित समाचार