म्यान्मामा सर्वसाधारणमाथि गरिएकाे सैन्य हमलाको संयुक्त राष्ट्रसंघद्वारा कडा निन्दा

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टेनियो गुटेरेसले बिहीबार म्यान्माका सेनाले हालैका दिनहरूमा थुप्रै सर्वसाधारणको ज्यान लिने गरी पश्चिमी रखाइन राज्य र उत्तरी सागेन क्षेत्रमा गरेको हमलाको कडा निन्दा गरेका छन्। 

‘महासचिव गुटेरेसले म्यान्मा सेनाले नागरिकहरूको ज्यान लिने गरी रखाइन राज्यमा गरेको आक्रमणको कडा निन्दा गर्नुभएको छ,’ गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अराकान आर्मीले नोभेम्बरमा सत्तारुढ जुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द्व बल्झिएको हो। एएले करिब ६ लाख उत्पीडित रोहिङ्ग्या मुस्लिम अल्पसंख्यकको बसोबास रहेको रखाइन राज्य आफ्नो जातीय जनसंख्यकको थप स्वायत्तताका लागि लडिरहेको बताएको छ।

यस हप्ता राज्यको राजधानी सिट्वेको उत्तरमा रहेको ब्येन फ्यु गाउँमा गरिएको खोजतलास र कारबाहीका क्रममा जुन्टा सेनाले ७० भन्दा बढी रखाइन नागरिकहरूको हत्या गरेको बताइएको छ। जुन्ताले भने उक्त दाबी केबल हल्ला भएको बताएको छ।

रखाइन राज्यका विभिन्न भागमा फोन र इन्टरनेट सेवा काटिएसँगै यहाँका नागरिक सञ्चारको सुविधाबाट वञ्चित रहेका छन्। 

सुझावित समाचार