‘दोस्रो विश्वयुद्धयताकै सबैभन्दा जोखिममा लोकतन्त्र’

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण

दोस्रो विश्वयुद्धको अन्त्यतिर मित्रसेनाले गरेको डी–डे अवतरणको अवसरमा बिहीबार फ्रान्सेली सहर कोलेभिल–सुर–मेरमा आयोजित विशेष समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेनले लोकतन्त्र अहिले पछिल्लो आठ दशकयताकै सबैभन्दा बढी जोखिममा रहेको बताए ।

सन् १९४४ जुनमा फ्रान्सको उत्तरी तट नर्मन्डीमा डेढ लाख मित्रशक्तिका सैनिक बेलायतबाट जहाजमार्फत आई अवतरण गरेका थिए । सो विशाल सैन्य अभियानमा बितेका सैनिकलाई श्रद्धाञ्जली दिँदै बाइडेनले आगामी दिनमा बलियो गठबन्धन महत्वपूर्ण हुने बताए ।

‘मित्रराष्ट्रहरूले ८० वर्षअघि मिलेर जे गरे, त्यो वास्तविक गठबन्धनले हामीलाई बलियो बनाउँछ भन्ने एउटा सशक्त दृष्टान्त थियो । त्यो पाठलाई हामीले कहिल्यै भुल्नुहुँदैन,’ राष्ट्रपति बाइडेनले भने । सम्बोधनका क्रममा बाइडेनले दुई वर्षभन्दा लामो समयदेखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले एक्लै नछाड्ने पनि बताए ।

सुझावित समाचार