गाजास्थित संयुक्त राष्ट्रसंघीय विद्यालयमा इजरायली आक्रमण, ज्यान गुमाउनेकाे संख्या ३७ पुग्याे

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

इजरायली सेनाले गाजास्थित संयुक्त राष्ट्रसंघीय विद्यालयमा गरेकाे घातक हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ। इजरायलले संयुक्त राष्ट्रसंघीय विद्यालयमा हमास कार्यालयपरिसर रहेको भन्दै आक्रमण गरेकाे जनाएकाे छ। 

इजरायली सेनाले मध्यगाजाको नुसिरात क्षेत्रमा रहेको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत निकाय (युएनआरडब्लुए) विद्यालयभित्र रहेको हमासको कार्यालयपरिसरमा इजरायली हवाई आक्रमण हुँदा कैयौँ ‘आतंककारी’ को मृत्यु भएको दाबी गरेकाे छ।  

हमास नियन्त्रित सञ्चारमाध्यमले यसलाई गैरमानवीय भयानक नरसंहार बताएको छ। इजरायलले गाजामा हमास र यसका सहयोगीहरूलाई विद्यालय, स्वास्थ्य सुविधाहरू र अन्य नागरिक पूर्वाधारलाई परिचालन केन्द्रका रूपमा प्रयोग गरेको आरोप बारम्बार लगाउँदै आएको छ।

वार्ताका लागि कूटनीतिक पहल भइरहेका वेला जारी घातक आक्रमणहरूबाट इजरायलकाे आलाेचना भइरहेकाे छ। 
इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतहरूमा मुद्दासमेत दायर गरिएको छ भने केही युरोपेली राष्ट्रहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन्।

सुझावित समाचार