बसको ठक्करबाट धादिङको थाक्रेमा एकजनाको मृत्यु भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाँक्रे गाउँपालिका– ७ आठकिलोमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ख ९८६८ नम्बरको यात्रुबसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए।
सडकछेउमा तान्दै गरेको इन्टरनेटको तार बसमा अल्झिँदा तारसँगै तार तान्दै गरेका धरान उपमहानगरपालिका घर भएका करिब २२ वर्षीय सुदेश सुनुवारलाई बसले ठक्कर दिँदा उनको ज्यान गएको हो।