स्कुटर दुर्घटनामा दुईजनाको मृत्यु

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

झापाको मेचीनगरमा बुधबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका– १२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपमा ठाेक्किएर स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे.७प ७२८३ नम्बरको स्कुटरले सडकको बायाँतर्फ बिग्रिएर रोकिराखेको को.१च ७२६४ नम्बरको जिपलाई ठक्कर दिएको हो।  

मृत्यु हुनेमा स्कुटरचालक बुद्धशान्ति– ५ का २५ वर्षीय लीलाप्रसाद ढुंगेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका– ५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका छन्।

सुझावित समाचार