दृष्टिविहीन शिक्षकप्रति राज्य जिम्मेवार बनोस् : सांसद न्यौपाने

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

माइतीघर मण्डलामा धर्नामा रहेकी दृष्टिविहीन शिक्षिका संगीता पराजुलीको विषय संसदमा उठेको छ। सांसद ईश्वरीदेवी न्यौपानेले परिचित भूगोल र सुगम क्षेत्रमा दृष्टिविहीन शिक्षकलाई प्राथमिकता दिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

‘नियुक्तिको दुई महिनासम्म स्कुलले हाजिरी गराएन । परिचित भूगोल वा सुगमको स्कुलमा पढाउन पाउँ भनी अनुरोध गर्दा अझ दुर्गममा पठाइदिँदा अशक्तताका कारण लडेर हात भाँचियो । शल्यक्रिया र दुई महिना बिस्तराको बसाइँपछि लिखित निवेदन दिँदा पनि सुनुवाइ भएन,’ सांसद न्यौपानेले भनिन्।

दृष्टिविहीन नागरिकको विषयमा सम्बन्धित मन्त्रालय र सरकार जवाफदेही हुनुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘चार दिनदेखि माइतीघर मण्डलामा पूर्ण दृष्टिविहीन यी शिक्षिका यस्तो संवेदनशील विषयमा राज्यलाई गुहारिरहेकी छिन्। संगीता मात्र होइन, यस्तो प्रकृतिको भोगाइ भोग्ने हरेक नागरिकप्रति सम्बन्धित मन्त्रालय र सरकार जवाफदेही बनोस्।’

सुझावित समाचार