कञ्चनरूप र छिन्नमस्ता प्लेअफमा

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

छैटौँ सप्तरी मेयर प्रिमियर लिगअन्तर्गत बुधबार भएको खेलमा कञ्चनरूप राइनोज र छिन्नमस्ता लायन्स विजयी भएका छन् । कञ्चनरूपले राजविराज राजदेवी ११ लाई हरायो ।

छिन्नमस्ताले बलान बिहुल सुपर किंग्सलाई पराजित गर्यो । पहिलो खेलमा कञ्चनरूपले राजविराज राजदेवीलाई ६ विकेटले हराएको थियो । राजविराजले दिएको १५५ रनको लक्ष्य कञ्चनरूपले तीन ओभर बाँकी हुँदै चार विकेट गुमाएर पूरा गर्यो । 

चार खेलमा एक बराबरी र तीन जित निकालेको छिन्नमस्ता ७ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । एक खेलअघि नै छिन्नमस्ताले प्लेअफमा स्थान सुरक्षित गरेको छ । चार खेलमा तीन जित र एकमा हार व्यहोरी ६ अंकका साथ कञ्चनरूपले पनि प्लेअफमा स्थान बनाएको छ । चारै खेल हारेको बलान बिहुल एक खेलअघि नै प्लेअफबाट बाहिरिएको छ । 

सुझावित समाचार