चौधरी फाउन्डेसनको आयोजनामा (प्राविधिक) तालिम सम्पन्न भएको छ । फाउन्डेसनद्वारा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक (प्राविधिक) तालिम सम्पन्न भएको हो । एक समारोहबीच चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीलाई प्रमाणपत्र वितरण गरे ।
यसैबीच, फाउन्डेसनले तीनवटा प्रदेशमा इन्डक्सन चुलो मर्मत र रेखदेखसम्बन्धी तीनदिने तालिम पनि सञ्चालन गरिरहेको छ । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै सुरु हुने फाउन्डेसनले जनाएको छ ।
यी सबै तालिमको मुख्य उद्देश्यलक्षित लाभग्राहीलाई इलेक्ट्रोनिक्स मर्मत र रेखदेखसम्बन्धी गुणस्तरीय व्यावसायिक र प्राविधिक तालिम प्रदान गर्नु रहेको चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए ।