नेपालको खेल हेर्न टुँडिखेलमा ओइरिए दर्शक

आइसिसी टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित

बुधबार, २३ जेठ, २०८१
डिजिटल संस्करण
नेपालको खेल हेर्न टुँडिखेलमा ओइरिए दर्शक

विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न मंगलबार राति टुँडिखेलमा ओइरिएका दर्शक । काठमाडौं महानगरले टुँडिखेलसहित तिनकुने र हाँडीगाउँमा नेपालको खेल हेर्न प्रबन्ध मिलाएको छ । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

आइसिसी टी–२० विश्वकपअन्तर्गत मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको मध्यम योगफल बनाएको थियो । कप्तान रोहितले ३७ बलमा ३५ रन बनाए । करण केसीले १२ बलमा दुई छक्काको सहयोगमा १७ तथा गुल्सन झाले १५ बलमा एक छक्कासहित १४ रन जोडे । 

प्रत्युत्तरमा नेदरल्यान्ड्सले १८.४ ओभरमा चार विकेटको क्षतिमा १०९ रन जोड्दै जित निकाल्यो । नेदरल्यान्ड्सको जितमा म्याक्स ओ डाउडले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरी ५४ रनको योगदान गरे । उनले बास डी लिडेसँग पाँचौँ विकेटका लागि २० बलमा २९ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका हुन् ।

See More On

सुझावित समाचार