लुम्बिनी प्रदेश सभा सदस्य यादवकाे निलम्बन फुकुवा

मंगलबार, २२ जेठ, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ। निलम्बन फुकुवा भएको पत्र  सभामुख तुलाराम घर्तीले मंगलबारको प्रदेश सभा बैठकमा पढेर सुनाएका थिए। 

यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा थिए। तर, विशेष अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको हो। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन्। 

वन पैदावारमा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनी गएको ११ फागुनमा निलम्बनमा परेका थिए। 
 

सुझावित समाचार