प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बजेटमाथि बहस गर्न अर्थमन्त्री वर्षमान पुन खाेजेपछि बैठक स्थगित भएको छ।
आइतबारदेखि सदनमा बजेटमाथि छलफल चलिरहेकाे छ। आजकाे प्रतिनिधिसभा बैठकमा कांग्रेसका अर्जुननरसिंह केसी, एमालेका गोकर्ण विष्ट, माओवादीका रामकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले बजेटमाथि धारणा राखेका छन्।
सांसद लिङ्देनले बजेटमाथि कुरा गर्दा अर्थमन्त्रीकाे उपस्थिति अनिवार्य हुनुपर्ने बताउँदै उनले भने, ‘अर्थमन्त्री नै चाहिन्छ नि, सभामुख महोदय एकछिन ब्रेक गरौँ। उहाँ आउनुभएपछि सुरु गर्छु, म उभिन सक्छु।’
राष्ट्रिय सभामा बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची छ।