भारतको निर्वाचन आयोगले मंगलबार बिहानदेखि मतगणना सुरु गरेको छ। आयाेगका अनुसार चुनावकाे अन्तिम परिणाम आजै रातिसम्म आइसक्नेछ।
प्रधानमन्त्री नरेन्द्र मोदी संलग्न भारतीय जनता पार्टी (भाजपा) नेतृत्वकाे गठबन्धन पहिलो स्थानमा रहे पनि विपक्षी गठबन्धनले कडा टक्कर दिएकाे छ।
तल्लो सदनमा संसदीय बहुमतका लागि दुई सय ७२ आवश्यक छ। यतिवेला भाजपा र यसकाे गठबन्धन दुई सय ८८ सिटमा अगाडि छ भने विपक्षी गठबन्धन दुई सय ३५ र अन्य पार्टीले १८ सिटमा नेतृत्व गरिरहेका छन्।
चुनावपछि एक्जिट पोलले मोदी प्रचण्ड बहुमतका साथ तेस्राेपटक प्रधानमन्त्री बन्ने आकलन गरिए पनि मतगणनाकाे अहिलेसम्मकाे नतिजाले दुवै गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएकाे छ।
मोदीले आफू पहिलोपटक प्रधानमन्त्री बनेको एक दशकपछि आफ्नो सरकारलाई पुनः निर्वाचित गर्न भारतका जनताले उल्लेख्य संख्यामा मतदान गरेको र आफूले चार सयकाे आकडा पार गर्ने दाबी गर्दै आएका छन्।
बढ्दो हिन्दु राष्ट्रवादी भावनाप्रति मोदीको अपिलले उनलाई सत्तामा तेस्रो कार्यकाल दिने पर्यवेक्षक विश्वास छ।
सन् २०१९ चुनावमा भाजपाले तीन सय तीन सिट जितेको थियो।