नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)लाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ।
जेठ २१ गते एक औपचारिक कार्यक्रम आयोजना गरी एनसिएचएलले एकीकृत कारोबार सुरुवातको घोषणा गरेको हो। नेपालमा दुई भुक्तानी प्रणाली सञ्चालकहरूबीच गाभ्ने–गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो।
उक्त एकीकृत कारोबार घोषणाको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्य रहेको थियो भने नेपाल राष्ट्र बैंकका उच्चपदस्थहरू, सरकारी निकायका उच्चपदस्थहरू, बैंक, वित्तीय संस्था तथा भुक्तानी प्रणाली सञ्चालक एवं भुक्तानी सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
भुक्तानी तथा फर्स्याेट विनियममा रहेको प्रावधानअनुसार डिडिए अडिटरले मूल्यांकनलगायत विभिन्न पक्षको समीक्षासहितको प्रक्रिया पूरा गरी १ः०.२८ स्वाप अनुपातमा एनसिएचएलले नेप्सलाई प्राप्ति गरेको हो।
दुवै संस्थाहरू बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवर्द्धित भएकाले प्राप्तिपश्चात् पनि कम्पनीको सञ्चालक समितिमा कुनै फेरबदल भएको छैन ।