स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजारले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मोल रु. एक लाख ४१ हजार निर्धारण भएको छ।
यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला रु. एक लाख ४१ हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य रु. एक लाख ४० हजार तीन सय निर्धारण भएको छ।
महासंघले चाँदीको मूल्य तोलामा रु. १५ ले घटेको बताएको छ। आइतबार प्रतितोला रु. एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज रु. एक हजार आठ सय ३५ मा खरिद–बिक्री हुँदै छ।