विशेष अदालतमा केवल ९९ मुद्दा फर्स्योट हुन बाँकी

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

विशेष अदालतमा फर्स्योट हुन बाँकी मुद्दा दुई अंकमा झरेको छ। आइतबार भएका फैसलाहरूपछि ९९ मुद्दा मात्र किनारा लाग्न बाँकी रहेको विशेषले जनाएको छ। 

विशेषमा हाल टेकनारायण कुँवर अध्यक्ष छन् भने सदस्यहरूमा खुसीप्रसाद थारू, तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा छन्। विशेषमा नक्कली प्रमाणपत्र, निर्णयगत अनियमितता, गैरकानुनी सम्पत्ति, घुस-रिसवत, सम्पत्ति शुद्धीकरणका साथै ऐनमा उल्लिखित विषयमा भएका केही निर्णयहरूमाथि भएका पुनरावेदन हेर्ने अधिकार छ।

गत वर्ष वैशाखदेखि चैत्रसम्म विशेषले चार सय ६८ वटा मुद्दामा फैसला गरेको थियो। वर्षान्तमा एक सय ४२ मुद्दा किनारा लाग्न बाँकी रहेकोमा जेठको तेस्रो सातासम्म केवल ९९ मुद्दामा फैसला हुन बाँकी छन्।

सुझावित समाचार