नारायणी नदीमा उत्खनन गर्ने सातवटा टिपर नियन्त्रणमा

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

नारायणी नदीमा अवैध तरिकाले नदी उत्खनन गरिरहेका सातवटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ। 

गैँडाकोट नगरपालिका– ९ नारायणी नदीबाट भ्याट बिलविना नदीजन्य पदार्थ लोड गरी ओसारपसार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गैँडाकोटको टोलीले सातवटा टिपर गएराति नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार प्रहरीले नारायणी नदीबाट लु.२ख ४५१४, ना.८ख ३३९२, ना.८ख ३८५०, प्र.२–०३–००१ क ००७३, प्र. २–००३ क ००८०, बा.प्र. ०३–००१ क १९१ र भे १ क २६६५ नम्बरको टिपरलाई नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिएका टिपरहरूलाई गैँडाकोट नगरपालिकाको जिम्मा लगाइएको छ।
 

सुझावित समाचार