कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा दिएकाे पार्टीका नेतालक्षित अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेकाे छ।
आइतबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताएका हुन्।
थापाले भने, ‘कि प्रधानमन्त्रीले अर्न गर्नुस्। होइन भने सदनबाट हटाउन भन्नुस्। होइन भने अब प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ। गृहमन्त्रीसँग जवाफ मागेर काम छैन। गृहमन्त्रीले संसदमा पुराना समाचारका हेडलाइन बोल्नुभयो। आराेप लगाउनुभयाे। उहाँलाई उहाँका सहकर्मीले यति पनि सिकाएनन् कि यो ठाउँ अरूलाई आरोप लगाउने ठाउँ होइन, आराेप लगाएपछि जवाफ पनि दिनुपर्छ भनेर।’