काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य विजयी

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

काभ्रे उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रताप वैद्य विजयी भएका छन् । अध्यक्ष पदमा तीनजनाको उम्मेदवारी रहेकोमा दुईजनालाई पराजित गर्दै वैद्य निर्वाचित भएका हुन् । शनिबार भएको ४२औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा वैद्यले प्रत्याशी राजन मानन्धरलाई ३० मतान्तरले पराजित गरेका हुन् ।

वैद्यले चार सय ८७, मानन्धरले चार सय ५७ र वसन्तनारायण भोछिभोयाले एक सय १७ मत प्राप्त गरेका थिए । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रवीन्द्र वैदार निर्वाचित भएका छन् । जसले ६ सय ४३ मत र ग्रुवेन तौजलेले चार सय दुई मत प्राप्त गरेका थिए ।

दुईजना उपाध्यक्षमा सुरेशभक्त भोछिभोया र उमेश शाक्य विजयी भएका छन् । विकास शर्मा तिमल्सिना र राजेन्द्र जोशीलाई पराजित गर्दै उनीहरू विजयी भएका हुन् । यसैगरी, महासचिव पदमा रजित पलाञ्चोके विजयी भएका छन् । पलाञ्चोकेले पाँच सय ६९ मत प्राप्त गरेका छन् भने प्रत्याशी यशकुमार रञ्जितले चार सय ६५ मत प्राप्त गरे । 

त्यस्तै, कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजक विज्ञा द्यौगेडा, सचिवमा कृष्णलाल श्रेष्ठ, सहसचिवमा राजकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा श्यामकुमार भालु (मुनाल) र सहमुख्य संयोजकमा रवि तौजले विजयी भएका छन् ।

कार्यसमिति सदस्यहरूमा हरिशचन्द्र अधिकारी, निर्दाेष पलाञ्चोके, रोशन खुप्पा श्रेष्ठ, राजनबहादुर ढकाल, रहदेव पोटे, सुजन मानन्धर, राजेन्द्र पसछे, नरेशराज कायस्थ, गौतम मानन्धर र सुमन चौप्रधान निर्वाचित भएका छन् । 
 

सुझावित समाचार