बाराही हस्पिटालिटीअन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटेल बाराही काठमाडौंले नवौंँ तलामा ‘इन्फिनिटी लाउन्ज एन्ड बार’ सञ्चालनमा ल्याएको छ।
‘लाउन्ड एन्ड बार’मा ग्राहकले रोजाइअनुसार इन्डोर र आउटडोर गरेर १०० जनासम्मले एकैपटकमा सेवा लिन सक्छन्।
बारतर्फको लाउन्ज सर्वसाधारणका लागि हरेक दिन दिउँसो २ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ भने प्राइभेट लाउन्जतर्फ बुकिङअनुसार सेवा लिन सकिनेछ।
काठमाडौंको प्रिमियम लोकेसन, त्यसैमाथि आफ्नै अगाडि नारायणहिटीको दृश्य देख्न पाइने भएकाले हाल बाराही काठमाडौं आकर्षणको केन्द्र बनेको छ।
चारतारे स्ट्यान्डर्डको यस होटेलको सातौँ तलामा इन्फिनिटी स्विमिङ पुल र रेस्टुरेन्ट रहेको छ। साथै, होटेल वातावरणमैत्री भएकाले प्लास्टिकलाई सकेसम्म कम प्रयोग गर्ने गरेको छ।
केशरमहलको अगाडि चोकैमा रहेको यस होटेलको नवौँ तलामा रहेको रुफटपबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। वीरशमशेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैँचा र नारायणहिटी दरबार होटेलको आँगनमै भएको अनुभूति हुन्छ।
त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिमश्रृंखला देख्न सकिन्छ।