दार्चुलामा यार्सा टिप्न गएका युवकको भिरबाट लडेर मृत्यु

शनिबार, १९ जेठ, २०८१
डिजिटल संस्करण

दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ। 

जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा लडेर शुक्रबार बेलुका कार्कीको मृत्यु भएको हो।

सुझावित समाचार