काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलमा सुर्तीजन्य बस्तुको प्रयोग पूर्ण निषेध रहेको बताएका छन्।
विश्व सूर्तीजन्य पदार्थरहित दिवसका सन्दर्भमा शुक्रबारको कार्यपालिका बैठकमा उनले भने, ‘महानगरपालिकाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने कानुनी व्यवस्था गरेको छ। धेरैले यसलाई अदालतको आदेशले रोकिएको भन्नुभएको छ। तर, हामीले अगाडि सारेको कार्यक्रम र अदालतले आदेश गरेको विषय फरक हो।’
अदालतको आदेश प्याकेजिङका विषयमा रहेको भन्दै मेयर साहले थपे, ‘हामीले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने व्यवस्था गरेका हौँ। अदालतले गरेको आदेश प्याकेजिङसँग सम्बन्धित छ। फरक विषयलाई फरक रूपमा बुझ्नुपर्छ।’