नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा केही बेरअघि सुरु भएको हो।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारले संसदमा पेस गरेकाे आगामी आर्थिक वर्षको बजेटलगायतका विषयमा छलफल भइरहेको छ।
आइतबारबाट सदनमा बजेटमाथिको छलफल सुरु हुँदै छ। आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० कराेड ३० लाखकाे बजेट ल्याएको छ।