कास्कीमा बस दुर्घटना हुँदा आठजना घाइते

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

काठमाडौंबाट पोखरा हुँदै बेनीतर्फ जाँदै गरेको यात्रुबाहक बस अन्नपूर्ण गाउँपालिका दुर्घटना हुँदा आठजना घाइते भएका छन्।

बिहीबार बिहान बा ५ ख २८५ नम्बरको बस अन्नपूर्ण– १ लेबाडेस्थित सडकको दायाँतर्फको नालामा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

गुडिरहेको बसले अचानक नियन्त्रण गुमाएर सडकको दायाँ साइडमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए। बसमा सवार १३ जनामध्ये आठजना घाइते भएका हुन्।

उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। घाइतेमध्ये ६ जनाको अवस्था मध्यम र दुईजनाको सामान्य रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार