आइसिएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँबराबरको ऋणपत्र ‘९ प्रतिशत आइसिएफसी फाइनान्स डिबेन्चर—२०८८’ निष्कासन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
यसबारे दुवै पक्षले समझदारी गरेका छन् । उक्त सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनील पन्त र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।
नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋणपत्र निष्कासन गरिने कम्पनीले जनाएको छ ।