क्रिकेटप्रेमीहरूको ध्यान विश्वकपमा भइरहँदा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकाे खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक भएकाे छ ।
खेल र खेलाडीको सम्मानमा लेखिएकाे उक्त गीतमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वर छ । खनाललाई गीतमा आरसी रिमालले साथ दिएका छन् । त्यस्तै, साहस शाक्यको संगीत संयोजन रहेको छ ।
एक दशकपछि टी–२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाका साथै हौसला बढाउन गीत सार्वजनिक गरिएको हो । गीत गायक पृथ्वी खनालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।