भौतिक पूर्वाधार मन्त्रालयलाई डेढ खर्ब बजेट

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

निर्माणाधीन सडकको थप कार्य, मर्मत–सम्भार, रेलमार्गको अध्ययन, जलयात्रालगायतको शीर्षकमा सकारले सोबराबरको बजेट विनियोजन गरेको हो।  

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा आगामी आवको बजेट पेस गर्दै सो घोषणा गरेका हुन्।

यसैगरी, सरकारले काठमाडौं–तराई–मधेश द्रुतमार्गलाई २२ अर्ब ५३ करोड, मध्यपहाडी लोकमार्गलाई तीन अर्ब ६८ करोड, हुलाकी राजमार्गलाई तीन अर्ब ३० करोड,
कोशी, कालीगण्डकी र कर्णाली करिडोरलाई चार अर्ब ४३ करोड, मदन भण्डारी राजमार्गलाई तीन अर्ब ६० करोड बजेट छुट्याएको छ। 

रेलमार्गसम्बन्धी कार्यका लागि तीन अर्ब ८८ करोड छुट्याइएको अर्थमन्त्रीले जानकारी दिए।

सुझावित समाचार