प्रदेशकेन्द्रित विकासका बृहत् योजना घोषणा

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेशकेन्द्रित विकासका बृहत् योजना घोषणा गरेको छ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

त्यस्ता योजना सरकारी र निजी क्षेत्रको सहयोगमा अघि बढाउने उनले बताए। 

अर्थमन्त्री पुनका अनुसार कोशी प्रदेशलाई उद्योग, मधेशलाई कृषि, गण्डकीलाई पर्यटन विकास र बागमतीलाई सूचना प्रविधिको हबका रूपमा विकास गरिनेछ।

यस्तै, लुम्बिनीलाई साना तथा मझौला उद्योग, कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटनको हबका रूपमा अघि बढाइने बजेटमा उल्लेख छ।

सुझावित समाचार