भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जाजरकोट, डोटी र बझाङ केन्द्रविन्दु भएर गएका भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए।

पुनर्निर्माणका लागि एकीकृत तथ्यांक संकलन गरिनेछ। विपत् प्राधिकरणको तथ्यांकअनुसार १५ जिल्लामा निजी आवाससँगै सरकारी भवन पुनर्निर्माण गर्नुपर्नेछ।

सुझावित समाचार