ललितपुरको खुमलटारमा ज्ञानपार्क निर्माण गर्न १७ करोड विनियोजन

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले ललितपुरको खुमलटारमा ज्ञानपार्क निर्माण गर्ने भएको छ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

यसका लागि सरकारले १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यस्तै, काठमाडौं उपत्यका र बुटवलमा आइटी पार्कलाई स्तरोन्नति गरी निर्माण गर्ने सरकारको योजना छ।

सुझावित समाचार