आइएमई लाइफको क्षमता अभिवृद्धि तालिम

सोमबार, १४ जेठ, २०८१
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्सले चितवनमा आफ्ना अभिकर्तालाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । कम्पनीले चितवन र नवलपरासी एरियाका एजेन्सी म्यानेजर र अभिकर्तासहित दुई सय ५० भन्दा बढीलाई तालिम गरेको जनाएको छ । 

तालिममा प्रशिक्षक सौरभ लोहनीले अभिकर्तालाई आइएमई लाइफ इन्स्योरेन्ससहित अभिकर्ता पेसाको आवश्यकता र महत्वका विषयमा जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथि एवं आइएमई लाइफ इन्स्योरेन्सका बजार विभाग प्रमुख गणेश चौलागाईंले आइएमई लाइफ नै अन्य कम्पनीभन्दा किन फरक छ ? र, यहाँ नै किन बिमा गर्ने भन्नेबारे जानकारी गराएका थिए । 

सुझावित समाचार