राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस

आइतबार, १३ जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गरिएको छ। राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा प्रतिवेदन पेस गरेका हुन्। 

सो अवसरमा राष्ट्रपति पौडेलले महालेखापरीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए–नभएको र अनियमितता वा हानिनोक्सानी भए–नभएको विषयमा अझै गहन रूपले परीक्षण हुने विश्वास व्यक्त गरे।

उनले प्रतिवेदनमा उजागर भएका विषयले सम्बन्धित निकाय र सरोकारवालामा आर्थिक कार्यविधि एवं वित्तीय उत्तरदायित्वप्रति सजग गराउने उल्लेख भने। 

साथै उनले महालेखापरीक्षकलाई संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीको परिपालनाबाट मुलुकमा आर्थिक एवं वित्तीय जवाफदेहिता, पारदर्शिता एवं निष्ठा अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे। 

सुझावित समाचार