संसद्को गतिरोध हटाउन अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई बुझाए ध्यानाकर्षणपत्र

आइतबार, १३ जेठ, २०८१
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षणपत्र बुझाएका छन्। 

आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले ध्यानाकर्षणपत्र बुझाएका हुन्। 

भेटमा अध्यक्ष नेपालले भने, ‘संसदमा देखिएको गतिरोध समाधान गर्ने दिशामा प्रधानमन्त्रीज्यूको सक्रिय पहल होस्। हाम्रो पार्टीको तर्फबाट सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्नेबारेमा हरेक खालको सहयोग रहन्छ।’

सुझावित समाचार