पपुवा न्युगिनीमा पहिरोमा परी करिब सयजनाको मृत्यु भएको आशंका

शुक्रबार, ११ जेठ, २०८१
डिजिटल संस्करण
पपुवा न्युगिनीमा पहिरोमा परी करिब सयजनाको मृत्यु भएको आशंका

तस्बिर : एएफपी/गेटी इमेजेज्

पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रबार बिहान गएको भीषण पहिरोमा परी कम्तीमा सयजनाको मृत्यु भएको आशंका गरिएको प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गर्दै अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबिसी)ले जनाएको छ। 

एबिसीका अनुसार पोर्ट मोरेस्बीबाट ६ सय किलोमिटर उत्तरपश्चिममा रहेको एंगा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार बिहान ३ बजे उक्त घटना भएको हो।

स्थानीयले एबिसीलाई बताएअनुसार मृतकको संख्या सयभन्दा माथि पुगेको छ। पहिरोमा परी धेरैजनाको मृत्यु भएको, तर अहिलेसम्म यिन संख्या थाहा हुन नसकेको स्थानीय अधिकारीले बताए।

घटनाबारे पोरगेरा वुमन इन बिजनेस एसाेसिएसनका अध्यक्ष एलिजाबेथ लारुमाले भनिन्, ‘मानिसहरू राति सुतिरहेको समयमा पहिरो गएको र पहिरोमा परी सबै गाउँ भग्नावशेषमा परिणत भएको छ। पूरै गाउँ नै पहिरोले पुरिएको छ।’ 

लारुमाले भनिन्, ‘मेरो अनुमानमा जमिनमुनि करिब सयभन्दा बढी मानिस पुरिएका छन्।’

सुझावित समाचार