बुद्धजयन्तीको अवसरमा मकवानपुरगढीदेखि गोरखा दरबारसम्म साइकलयात्रा

बिहिबार, १० जेठ, २०८१
डिजिटल संस्करण

हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा बिहीबार मकवानपुरदेखि गोरखासम्म दुईदिने साइकलयात्रा सुरु भएको छ। २५६७औँ बुद्धजयन्तीको अवसरमा साइकलयात्रा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

मकवानपुरगढी गाउँपालिका– २ को समन्वयमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक मकवानपुरगढीदेखि गोरखा दरबारसम्म साइकलयात्रा सुरु गरिएको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिएका छन्।

२५६७औँ बुद्धजयन्तीको अवसरमा आयोजना गरिएको साइकलयात्रामा १२ जना साइकलयात्री सहभागी रहेको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए। बुद्धजयन्तीको दिन बिहीबार मकवानपुरगढीबाट सुरु भएको साइकलयात्रा शुक्रबार साँझ गोरखा दरबार पुगेर समापन हुनेछ। 

साइकलयात्रामा ६० वर्ष उमेर पार गरेका चारजना, ५० वर्ष उमेर पार गरेका चारजना, ४० वर्ष र ३० वर्ष उमेर पार गरेका दुई–दुईजना सहभागी भएका छन्।

साइकलयात्रामा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्य, कोषाध्यक्ष लक्ष्मीचरन श्रेष्ठ, सदस्य बुद्धिबहादुर आलेमगर, अशोक जोशी, बरुण खतिवडा, सुरज लिम्बू, राजु थापामगर, दुर्गाप्रसाद लामिछाने, कीर्तम मानन्धर, प्रदीप थापाक्षेत्री, लेखनाथ ढकाल, नबराज नेपाल सहभागी छन्। 

१२ जना साइकलयात्रीमध्ये सुरज लिम्बूले एक हातले साइकल यात्रा गर्दै छन्। लिम्बू फरक क्षमता भएका व्यक्ति भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

सुझावित समाचार