नेपाल सोलार फार्म लिमिटेडले प्राथमिक सार्वजनिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरमा १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता आइपिओ ल्याउन लागेको हो ।
कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।सेयर निष्कासनसम्बन्धी सम्झौतामा सोलार फार्मका सञ्चालक जितेन्द्र भट्टराई र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
अधिकृत पुँजी ३० करोड र जारी पुँजी २५ करोड रुपैयाँ रहेको यस कम्पनीको सोलार फार्म आयोजना कास्कीको रूपाकोट, सिम्लेमा रहेको छ ।