बिजनेस इन्टरेस्ट ग्रुप अफ इन्डस्ट्रिजले प्राथमिक साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटललाई नियुक्त गरेको जनाएको छ ।
उक्त सम्झौतापत्रमा बिजनेस इन्टरेस्ट ग्रुपका सञ्चालक समिति अध्यक्ष नवराज बुर्लाकोटी तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
प्रतिसेयर १०० रुपैयाँ अंकितदरमा ४५ लाख कित्ता आइपिओ ल्याउन कम्पनीले कृषि क्षेत्रको व्यावसायिकता र दिगोपना, उत्पादन प्रवद्र्धन, उत्पादकत्व वृद्धि तथा बजार सुनिश्चितताका लागि काम गरिरहेको छ ।