तराईदेखि काठमाडौंसम्म बढ्यो गर्मी

पश्चिम तराईमा ४२ डिग्री नाघ्यो, काठमाडौंमा झन्डै ३४ डिग्री

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण
तराईदेखि काठमाडौंसम्म बढ्यो गर्मी

काठमाडौंको इन्द्रचोकमा पानी पिउँदै सर्वसाधारण । गर्मी बढेसँगै स्थानीयको सक्रियतामा पैदल यात्रुका लागि पिउने पानीको प्रबन्ध गरिएको छ । तस्बिर : संजीत परियार/नयाँ पत्रिका

तातो हावा चलिरहेको पश्चिम नेपालमा तापक्रम ह्वात्तै बढेको छ । शनिबार पश्चिम तराईका प्रमुख सहरको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस नाघेको छ भने काठमाडौं, घोराही, वीरेन्द्रनगर र दिपायल उपत्यकाको तापक्रम पनि बढेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार सबैभन्दा बढी नेपालगन्जको तापक्रम ४२.६ डिग्री सेल्सियस मापन भएको छ । बाँकेकै  भगवानपुरमा ४२.२ र सिक्टा सिँचाइ आयोजना क्षेत्रमा ४२ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, धनगढीको अधिकतम तापक्रम ४२.१ र कैलालीकै साडेपानीमा ४१.४ डिग्री सेल्सियस पुगेको छ । भैरहवामा भने ३९.८ डिग्री सेल्सियस मापन भएको छ ।

तापक्रम तराईमा मात्र होइन, पहाडी क्षेत्रका खासगरी उपत्यकामा उच्च भएको छ । शनिबार दिपायलमा ४०.५, सुर्खेतको वीरेन्द्रनगरमा ४०.३ र दाङको घोराहीमा ३८.४ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, काठमाडौं र पोखरामा अधिकतम तापक्रम समान ३३.६ डिग्री सेल्सियस मापन भएको छ । 

See More On

सुझावित समाचार