कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते

शनिबार, ५ जेठ, २०८१
डिजिटल संस्करण
कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते

तस्बिर सौजन्य: मकवानपुर प्रहरी

मकवानपुरको बकैयामा भिरबाट कार खस्दा तीनजना गम्भीर घाइते भएका छन्। शनिबार बिहान कान्तिलोक पथअन्तर्गत बकैया गाउँपालिका वडा नम्बर १२ चौतारा भन्ने स्थानमा कार भिरबाट खसेको प्रहरीले जनाएको छ।

ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार भिरबाट अन्दाजी चार सय मिटर तल खसेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रवक्ता भण्डारीका अनुसार दुर्घटनास्थलबाट तीनजना पुरुषको अचेत अवस्थामा उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालय ठिंगनको टोलीले उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको उनले जानकारी दिए। घाइतेको पहिचान खुलिनसकेको र थप विवरण आउन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ।

सुझावित समाचार