कांग्रेसले फरकफरक सर्त राखेर दोहोरो चरित्र देखायाे : रास्वपा

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनीष झाले फरकफरक सर्त अघि सारेर कांग्रेसले दोहोरो चरित्र देखाइरहेको टिप्पणी गरेका छन्।

शुक्रबार संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले संसदीय छानबिन समितिको विषयमा कांग्रेसले दोहोरो चरित्र देखाएको बताए।

दिनभर दुई दलका नेताले छलफल गरेर तयार गरेको मस्यौदालाई साँझ कांग्रेसले एकतर्फी रूपमा बर्खास्त गरी विज्ञप्ति पठाएर आफ्नो सर्त स्वीकार्न दबाब दिन खोजेको उनको आरोप छ।

कांग्रेस सहमहामन्त्री जीवन परियार र रास्वपा उपसभापति स्वर्णीम वाग्ले बिहीबार दिनभर सहमतिका लागि छलफलमा थिए। तर, साँझ परियार आफ्नो आधिकारिक प्रतिनिधि नभएको भन्दै कांग्रेस पछि हटेको सहप्रवक्ता झाको भनाइ छ।

‘हामीले जो व्यक्ति पठाएका छौँ, उहाँले जुन कुरा राख्नुभएको छ त्यसलाई आधिकारिक मानेका छौँ । हिजो दिनभरि कांग्रेसका सहमहामन्त्री हामीसँग छलफलमा हुनुहुन्थ्यो। साँझ उहाँ आधिकारिक व्यक्ति हुनुहुन्थेन हाम्रोतर्फबाट। उहाँको छलफललाई हामी मान्यता दिँदैनौँ भने,’ झाले भने ।

See More On

सुझावित समाचार