नवलपुर जिल्लामा इलाका प्रहरी कार्यालय डेढगाउँको टोलीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान १० बजे नवलपुरको बौदीकाली गाउँपालिका– ६ पोखरीछापनिवासी ५६ वर्षीय चन्द्रबहादुर सिँजाली मगरलाई भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
उनलाई डेढगाउँबाट नरम जाने बाटोमा एकनाले भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थमा फक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।