कांग्रेसको नाराबाजीबीच सभामुखले अघि बढाए प्रतिनिधिसभा बैठक

बिहिबार, ३ जेठ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसको नाराबाजीबीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ।

नाराबाजीबीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन्। कांग्रेस सांसदहरू आफ्नो सिटबाट उठेर नारा लगाइरहेका छन्।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरी संसद् अवरुद्ध गर्दै आइरहेको छ। कांग्रेसको अवरोधपछि आजको राष्ट्रिय सभा बैठक स्थगित भइसकेको छ।

सुझावित समाचार