नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गरे अब चुप लागेर नबस्ने बताएका छन्। बुधबारको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आरोपित गरेको व्यक्तिले सफाइ दिन पाउनुपर्ने बताएका हुन्।
उनले भने, ‘संसद् अविलम्ब सञ्चालन हुनुपर्छ। अर्को दिनबाट हामी पनि बोल्छौँ। गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्छ। कांग्रेसलाई बोल्न दिइँदैन अब। रविको कमी–कमजोरी छन् भने कारबाही गर्ने निकाय छन् नि। देश र जनताका लागि चिन्तित हुनुपर्ने वेला कांग्रेसको लहडमा संसद्को महत्वपूर्ण समय बरबाद गर्नुहुँदैन अब।’
बैठकमा उनले गिरीबन्धु टी–स्टेटको ७० बिघा जमिन कांग्रेसले कमिसन खाएर बेचेको आरोप लगाए।