संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ होइन : ओली

बुधबार, २ जेठ, २०८१
डिजिटल संस्करण
संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ होइन : ओली

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सदन नेपाली कांग्रेसको दादागिरीले चल्ने ठाउँ नभएको बताएका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै माननीयमाथि आरोप लगाउने, बोल्नै नदिने कस्तो लोकतन्त्रको अभ्यास हो भन्दै कांग्रेसलाई प्रश्न गरेका छन्। 

उनले भने, ‘संसद् भनेको कांग्रेसको दादागिरीले चल्ने ठाउँ होइन। विधि र नियमले चल्छ। लोकतान्त्रिक तरिकाले चल्नुपर्छ। कांग्रेस न्यायाधीश हो ? आफ्नो राजनीतिक अभीष्ट पूरा नभएपछि अपराधी भइहाल्ने ?’

सुझावित समाचार