संघीय संसद्को दुवै सदनको संयुक्त बैठकपछि बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी सुरु गरेका छन्।
संसदीय दलको बैठकको निर्णयअनुरूप राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको कांग्रेसले त्यसलाई टेबल गर्न बोलाइएको बैठक अवरुद्ध पारेको हो। कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।
कांग्रेसको अवरोधका कारण राष्ट्रिय सभाको बैठक जेठ ३ गते दिउँसो १ः१५ बजेसम्मका लागि स्थगित भइसकेको छ।