अघि बढ्यो चलचित्र पर्यटनको अवधारणा, हलिउड र बलिउड निर्मातालाई नेपालमा छायांकन गर्न आकर्षित गरिने

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

पर्यटनलाई पनि आर्थिक समृद्धिको आधारशिला बनाएको सरकारले चलचित्र पर्यटनको अवधारणा अघि बढाएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

हलिउड तथा बलिउड चलचित्र निर्मातालाई नेपालमा छायांकन गर्न आकर्षित गरेर चलचित्र पर्यटनको प्रवर्द्धन गरिने उनको भनाइ छ।

सुझावित समाचार