साँगुरीगढीमा टिपरको ठक्करबाट बालकको मृत्यु

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

कोशी राजमार्गको धरान–धनकुटा सडकखण्डअन्तर्गत साँगुरीगढीमा मंगलबार बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

टिपरको ठक्करबाट सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भई  साँगुरीगढी गाउँपालिका– ६ चारखोले बस्दै आएका नरेश विश्वकर्माका १० वर्षीय छोरा सिसाङ विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो।

भेडेटारबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १–२०–००१ ख ८१३४ नम्बरको टिपरले सडकको छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जनले बताए।

घटनापश्चात् टिपर चालक सरोज सुब्बालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। बालकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको प्रहरीले बताएको छ।

सुझावित समाचार